काठमाडौं । दक्षिणी बोलिभियाको पोटोसी शहरको ओरुरो क्षेत्रमा ट्रक र यात्रु बस ठोक्किँदा ३१ जनाको मृत्यु भएको छ । राजमार्गमा ट्रकले बसलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । बसमा सवार ३१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव निकाल्ने प्रयास भइरहेको छ।
दुर्घटनामा कम्तीमा २२ जना घाइते भएको छन् । घाइते सबैको नजिकैको अस्पतालमा उपचारका भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।



बोलिभियाका राष्ट्रपति लुइस आर्केले दुर्घटनापछि मृतकका परिवार र घाइतेप्रति समवेदना व्यक्त गर्दै दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् ।



