काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० बोसिगाँउस्थित प्लाष्टिक उद्योगमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति पुगेको छ । प्लाष्टिक प्याकेजिङ हाउसमा शुक्रबार राति सवा १ बजे तिर लागेको आगो करिब ४ घण्टासम्म लागेको थियो ।

आगो नियन्त्रणका लागि चन्द्रागिरिको दमकल, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बुढानिलकण्ड नगरपालिकाको दमकल, बिशालबजारको दमकल, बालाजुको दमकल, बौद्ध रामहिटिको दमकल, प्रहरी, नगरप्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । साथै आगलागी नियन्त्रणका लागि ९ वटा पानी ट्याङकरको पनि प्रयोग गरिएको थियो । बोसीगाँउका हिराकाजी महर्जनको जग्गा भाडामा लिई पुष्पा श्रेष्ठ र रमेस पोदारले संयुक्त रुपमा आर.एम.बि.प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) संचालन गर्दै आएका थिए ।

बिद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय