काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले यसअघि अपांगता भएका व्यक्तिलाई मात्र सहयोग गर्दै आएकोमा यो वर्षदेखि बौद्धिक अपांगता भएका व्यक्तिहरुलाई पनि सहयोग गर्ने बताउनु भयो । अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरको दोस्रो वार्षिकोत्सवको अवसरमा सम्मान एवम् बजेट कार्यान्वयनमा सरोकारवाला निकायको भूमिका कार्यव्रmममा प्रमुख गिरीले यो वर्षदेखि तीन प्रकारका अपांगता भएका व्यक्तिहरुलाई छुट्टाछुट्टै तरिकाले नगरले सहयोग गर्ने बताउनु भएको हो । उहाँले अटिजम, बौद्धिक अपाङ्गतालाई समाजले रोगका रुपमा नभई एक फरक अवस्थाका रुपमा लिनुपर्ने बताउनुभयो ।

चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले अभिभावकलाई आफ्ना सन्तान यस्तो भएकोमा दुःख त लाग्छ । तर, दुःख मानेर समस्याको समाधान नहुने उनीहरुको भविष्य कसरी उज्ज्वल बनाउन सकिन्छ त्यसतर्फ सोच्न आग्रह गर्नुभयो । उहाँले बौद्धिक अपाङ्गगता भएका बालबालिका र उनीहरुका अभिभावकसँग नगरपालिका सधै साथमा रहेको बताउनु भयो । घरमा एक जनामा मात्र अटिजम भएका बालबालिकालाई हेर्न समस्या हुन्छ भने अटिजम केयर सेन्टरले जुन प्रकारले त्यस्ता बालबालिकाको केयर गरेको छ त्यसको प्रशंसा गर्नुभयो । उपप्रमुख श्रेष्ठले त्यस्ता बालबालिकाहरुको लागि नगरपालिकाले बजेट विनियोजन गरेकोले नगरमा आई सम्पर्क गर्न पनि आग्रह गर्नुभयो ।

कीर्तिपुर नगरपालिकाको कार्यबहाक नगर प्रमुख शुभलक्ष्मी शाक्यले बौद्धिक अपांगता भएका बालबालिकाको राम्रो हेरचाह गर्न सके उनीहरु साधारण व्यक्ति सरह हुने दाबी गर्नुभयो । उहाँले कीर्तिपुर नगरपालिकामा त्यस्ता व्यक्तिहरुले काम गरेर आम्दानी समेत गरेको बताउनु भयो । कार्यबहाक नगरप्रमुख शाक्यले अबको वर्षमा नगरपालिकाले बौद्धिक अपांगता भएका व्यक्तिहरुका लागि तालिमको व्यवस्था गरेकोले र उनीहरुलाई सवल र सक्षम बनाउन नगरपालिका लागि परेको बताउनु भयो । उहाँले चन्द्रागिरि नगरपालिकामा पनि त्यस्ता बालबालिका रहेकोले पीडित अभिभावकलाई स्थानीय सरकार भएको महसुस हुने गरी काम गर्न नगरप्रमुख र उपप्रमुखलाई आग्रह गर्नुभयो ।

डा. अमित झाले अटिजम रोग नभएर फरक क्षमता भएको भन्दै उहाँले टेलिभिजन, मोबाइल र अन्य विद्युतीय उपकरणको प्रयोगबाट अटिजम नहुँने उल्लेख गर्नुभयो । उहाँले अटिजम मोबाइल धेरै हेरेर नहुने तर, अटिजमको लक्षण भएका बालबालिकाले मोबाइल डिभाइसको प्रयोग गर्दा अटिजमको तह भने बृद्धि हुनसक्ने बताउनु भयो ।

कार्यक्रममा बौद्धिक अपांगता भएका बालबालिकाले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए भने अटिजम, बौद्धिक अपाङ्गता भएका बालबालिकाको बारेमा समाचारमार्फत सकारात्मक सन्देश प्रवाह गरेकोमा आवरन्यूज क्रिउका सम्पादक ज्ञानेन्द्र महत, गोरखापत्र दैनिकका उप–सम्पादक अजय शर्मा, नयाँ पत्रिकाका प्रविण देवकोटा र नागरिक दैनिकका सुबोध गौतमलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय