काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. १४, नैकापस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कूलले पाँचौं एसइई कप स्कूलस्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउने र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ । प्रतियोगिता यही वैशाख १८ र १९ गते सञ्चालन हुनेछ भने सहभागिताका लागि दर्ता वैशाख १६ गतेसम्म खुला रहने बताइएको छ ।



प्रतियोगिताका विजेतालाई ३५,००० नगद पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ भने उपविजेताले २०,००० नगदसहित ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडीहरूका लागि २०,००० बराबरका पुरस्कारहरू पनि व्यवस्था गरिएको छ ।
प्रतियोगिता ब्राइट फ्युचर मावि परिसरमै आयोजना हुने जनाइएको छ । इच्छुक टोलीहरूले अनलाइन तथा भौतिक दुवै माध्यमबाट आवेदन दिन सक्ने विद्यालयले जनाएको छ । थप जानकारीका लागि ०१–४३१३२४०, ९८४१४३३३०५ र ९८५१०६७२७७ नम्बरमा सम्पर्क गर्न सकिने पनि विद्यालयले जनाएको छ ।



