भक्तपुरमा एक हृदयविदारक घटनामा छोराले आफ्नै आमाको हत्या गरेका छन्। मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा डेरामा बस्दै आएका २७ वर्षीय प्रविण भण्डारीले शुक्रबार राति ५० वर्षीया आमा सरिता भण्डारीमाथि धारिलो हतियार प्रहार गरेका थिए।

गम्भीर घाइते सरितालाई तत्काल उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनापछि प्रविणले पनि आफ्नै टाउकोमा धारिलो हतियार प्रहार गरेको बताइएको छ। उनी घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।

धनुषाको मिथिला नगरपालिका–११ स्थायी घर भएका आमा–छोरा रोजगारीका कारण भक्तपुरमा डेरामा बस्दै आएका थिए। घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय