काठमाडौं । चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय गोदामघर निर्माण भएको छ । १२ करोडको लागतमा बनेको गोदामघरमा विपद्का समयमा अत्यावश्यक गैरखाद्य समग्रीसहित बालबालिका र महिलाका लागि ‘डिग्निटी किट’ राखिने छ ।

भूकम्प र अन्य प्राकृतिक विपदको उच्च जोखिम रहेको नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा विपद् व्यवस्थापनका लागि गोदाम घरमा राखिने सामग्रीले राहतका काम गर्ने छ ।

चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बियन साओले नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएकोले यहाँ आइपर्ने विपदका समयमा मानवीय सहायता प्रदान गर्ने कार्यको एक हिस्सा बन्न पाउँदा चिनियाँ रेडक्रस अत्यन्त खुशी भएको बताउनु भयो ।

नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी र चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बिआन सियाओले संयुक्त रुपमा आइतबार सो गोदामघरको शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय