भारतमा रेल दुर्घटनामा परी ७ नेपालीको मृत्यु भएको छ । लखनऊबाट मुम्बई जाँदै गरेको पुस्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँमा दुर्घटना भएको हो ।
रेलमा आगो लागेको भन्ने हल्ला भएपछि रेलबाट हाम फालेका ५० जनाभन्दा बढीलाई अर्को दिशाबाट आइरहेको रेलले ठक्कर दिएको थियो । जसमा ७ नेपालीसहित १२ जनाको मृत्यु भएको छ । मृत्य हुनेमध्ये नेपालका राधेश्याम भाई, नन्दाराम विश्वकर्मा (विनायक अछाम), कमला नवीन भण्डारी (सोल्टा कैलाली), हिमु नन्दराम विश्वकर्मा (बिनायक अछाम), जयकला भट्टे जयगडी (कमलबजार अछाम, मौसरा विश्वकर्मा (बिनायक अछाम) र लच्छिराम कन्नु पासवान रहेका छन् । राधेश्याम भाइ र लच्छिराम कन्नु पासवानको ठेगाना खुलिसकेको छैन ।



परिचय खुलेका मृतकमध्ये चार भारतीय नागरिक छन् । दुर्घटनामा मृत्यु भएका बाँकीको परिचय खुलिनसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई महाराष्ट्रका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
घटनाबारेमा विस्तृत विवरण अझै आउन बाँकी रहेको त्यहाँको संचारमाध्यमले जनाएको छ ।



