काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतीय दुतावास लैनचउरमा विरोध प्रदर्शन गरेको छ । संगठनले भारतको नयाँ संसद भवनमा राखिएको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तुलगायतका भूभागलाई समेटेको भन्दै विरोध प्रदर्शन गरेको हो । उनीहरुले नक्साबाट नेपाली भूभाग तत्काल हटाउन दूतावासको ध्यानाकर्षण गराएका छन् । उनीहरुले नक्साबाट नेपाली भूमी नहटाएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

यसअघि पनि भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि त्यसको तीब्र विरोध भएको थियो । भारतले जारी गरेको नक्शाको चौतफी विरोध भईरहँदा पनि नेपाल सरकारले भने अहिलेसम्म भारतसमक्ष नक्सामा राखिएको भूभाग हटाउन कुनै पहल गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय