भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमि कालापानीमा पुगेका छन् । मोदी विहिबार बिहानै हेलिकप्टरमार्फत कालापानी पुगेका हुन् । भारतीय प्रधानमन्त्री नेपाली भूमि कालापानीमा आउँदा नेपाल सरकार भने बेखबर देखिएको छ ।

उनी विहिबार बिहान भारतको उत्तराखण्डको पिथौरागढबाट लिपुलेक हुँदै भगवान शिवको घर मानिने कैलाश पर्वत पुगेका हुन् । उनले भारत चीन सीमामा रहेको कैलाश पर्वत र पार्वती कुण्डको दर्शन गरी ध्यान र पूजा गरेका थिए । उनले पार्वती कुण्डमा पूजाका क्रममा डमरु र शंख पनि बजाएका थिए ।

भारतले नेपालका लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा अतिक्रमण गरेको हो । नेपालले यी भूमि नेपालको नक्शामा राखेपनि आफ्नो स्वामित्वमा भने लिन सकेको छैन । भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे जानकारी समेत नगराएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । भ्रमणबारे भारतीय पक्षसँग बुझ्न खोज्दा सम्पर्कमा नआएको उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय