काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आउँदै हुनुहुन्छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री नेपाल आउनु लाग्नुभएको हो ।
भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा छलफल हुनेछ । आगामी भदौं १४ देखि बेइजिङको भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री ओली लगत्तै भदौ ३१ र असोज १ गते भारत भ्रमण जानुहुने छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निम्तापत्रलाई मिश्रीले औपचारिकरुपमा हस्तान्तरण गर्नुहुने छ ।



मिश्री काठमाडौं रहँदा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेललगायत उच्चनेतृत्वसँग शिष्टाचार भेट गर्नुहुनेछ । मिश्री सोमबार स्वदेश फर्किनु हुनेछ ।



