भारतको उत्तरी राज्य हिमाचलमा भारी वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ । हिमाचलमा मनसुन शुरू भएदेखि नै भारी वर्षा भइरहेको छ । बाढी, पहिरो र चट्याङका कारण ठूलो विनाश निम्त्याएको प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंहले बताएका छन । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।
कांगरा जिल्लाका बाढी प्रभावित क्षेत्रबाट आज बिहान सेनाको हेलिकप्टरको सहायतामा ४ सय ४० जनाको उद्धार गरिएको छ । सोमबार समर हिलमा रहेको एउटा मन्दिर पहिरोले पुरेको थियो । सो मन्दिरमा रहेका ३० देखि ३५ जना पहिरोमा फसेको अनुमान छ। त्यसमध्ये घटनास्थलबाट ११ जनाको शव निकालिएको छ भने खोजी कार्य जारी रहेको छ । राज्य आपत्कालीन सञ्चालन केन्द्रले विपद्का कारण राज्यका ८५७ सडक बन्द गरिएको जनाएको छ । हिमाचलमा बिहीबारसम्म भारी वर्षा जारी नै रहने भारतको मौसम विभागले जनाएको छ ।






