नेपाल कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय संसद संजयकुमार गौतम आमरण अनसनमा बसेका छन्। बर्दियाको विकासका लागि विभिन्न १५ बुँदे मागराख्दै आमरण अनसन (सत्याग्रह) मा बसेका हुन्।जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि बबई नदीको जब्दीघाटमा भाँसिएको पुलमुनिनै गौतमले अनसन सुरु गरेका हुन्। बर्दियाली जनताले तीन पटक आफूलाई जिताए पनि विकासको मुद्दामा सरकारले कहिल्यै सहयोग नगरेको गौतमले गुनासो गरेका छन्।

उनले सबै दल एवं नागरिकलाई सहभागिताका लागि आग्रह गरेका छन्। माग पूरा नभएसम्म अनसन जारी रहने उनको भनाइ छ। उनले राखेका मागहरुमा जब्दीघाटको भत्किएको पुलको स्पान लगायतका संरचना हटाई तुरुन्त नया पुल निर्माण सुरु गर्नुपर्ने, गुलरियामा तटबन्धनको बाँकीरहेको काम सुचारु गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना अबको तीन वर्षमा पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक वर्षदेखि निर्माण सुरु हुनुपर्ने लगायतका माग रहेकाछन्।

आफ्नै सरकार भएपनि सदनबाट जति माग राखेपनि पूरा नभएपछि जनताको भावनाको कदर गर्दै सम्भावनाको विकल्प नदेखेर अनसनमा बस्न बाध्य भएको गौतमको दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय