काठमाडौं । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले बनाएको उच्चस्तरीय समितिलाई अस्वीकार गरेको छ । विपक्षी दल रास्वपा र राप्रपाले जोमाथि छानबिन हुनुपर्ने उनीहरूलाई नै समितिमा राखिएको भन्दै समितिलाई अस्वीकार गरेका हुन् ।

सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा सोमबार उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । संयोजक बैरागीमाथि नै प्रश्न उठाउँदै रास्वपा र राप्रपाले समिति अस्वीकार गरेको हुन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा रास्वपाका स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले समिति स्वीकार्य नहुने भन्दै बैठकबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय