भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणले तूल लिँदै जाँदा संघीय संसदमा आज विशेष छलफलको वातावरण बनिरहेको छ। सोही विषयमा साझा रणनीति बनाउन प्रमुख प्रतिपक्ष दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संसद भवनस्थित कार्यकक्षमा छलफलमा जुटेका छन्।

मानव तस्करीमा संलग्न गिरोहहरूले भिजिट भिसालाई साधन बनाउँदै नेपाली नागरिकहरूलाई खाडी मुलुक हुँदै युरोप र अन्य देशहरूमा अवैध रूपमा पुर्‍याइरहेको खुलासा पछिल्लो समय भइरहेका घटनाहरूबाट भएको हो। यो विषयले राष्ट्रिय चिन्ता र जनस्तरमा आक्रोश उत्पन्न गराएको छ।

प्रतिपक्षी दलहरू संसदमा यस विषयलाई उच्च प्राथमिकताका साथ उठाउने तयारीमा छन्। बैठकमा नेपाली कांग्रेस, राप्रपा, जसपा लगायत दलका नेताहरूको उपस्थिति रहेको जनाइएको छ। उनीहरूले सरकारसँग जवाफ माग गर्ने, अनुसन्धानको दायरा बढाउनुपर्ने, र दोषीमाथि कडा कारबाहीको माग गर्ने रणनीति बनाइरहेका छन्।

यसबीच, संसदको आजको बैठकमा पनि यसै विषयमा विशेष ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष दाहालले यस विषयमा सर्वदलीय एकता आवश्यक रहेको भन्दै सबै दललाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय