काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका भनिएका मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको फरार सूचिमा रहेकी लक्ष्मी महर्जन काठमाडौंबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्दा ३० जना मध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरारको सूचिमा राखेको थियो । महर्जन पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ जना पुगेको छ ।

पक्राउ परेका व्यक्तिमाथि अदालतमा बयानको काम सुरू गरेको छ । प्रतिवादीको संख्या धेरै भएपछि बयान लम्बिन सक्ने देखिएको छ । बयान लिने काम सकिएपछि मात्रै थुनछेक बहस सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय