काठमाडौं । चन्द्रागिरि नगरपालिकाले राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८० का दिन भूकम्पीय सुरक्षा र्यालीमा सहभागी हुने सम्पूर्ण नगरवासीलाई आह्वान गरेको छ । आइतबार एक सूचना जारी गर्दै नगरपालिकाले वडा नं. १४ को नैकाप फुटबल मैदानमा माघ १० हुने कार्यक्रमका लागि सम्पूर्ण वडाहरु, नगरपालिका भित्र रहेका गुठीहरुबाट बाजागाजा र झाँकीसहित कार्यक्रम स्थलमा पुग्न अपील समेत गरेको छ । र्याली नगरपालिकाको कार्यालयबाट सुरु भइ मूल सडक नैकाप फुटबल मैदान प्रवेश गर्ने जनाएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षता तथा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यता र नगर प्रमुख नगरप्रमुख घनश्याम गिरीको सभापतित्वमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह आयोजना हुँदैछ ।






