काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज ललितपुर महानगरपालिकामा बसेको फोरमको आकस्मिक बैठकले उक्त निर्णय गरेको उपत्यका फोरमका महासचिव एवम् चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

साथै भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै निधन भएकाहरुप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ । बैठकले भूकम्पमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय