काठमाडौं । राष्ट्रिय सभामा सरकारले आज पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दैछ । संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुन्छ ।

सरकारले माघ १८ गतेको राष्ट्रिय सभाको बैठकमा ६ वटा अध्यादेश पेस गरेको थियो । आज पेश हुने अध्यादेशमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ बाहेकका पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो । राष्ट्रिय सभामा अध्यादेश पारित गर्न ३० जना सदस्य आवश्यक रहेकोमा अध्यादेशको पक्षमा अधिकतम २८ जना सदस्य मात्रै छन् । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समेत भूमि अध्यादेश अस्वीकार गर्ने जनाएपछि केपी ओली नेतृत्वको सरकार अप्ठ्यारोमा परेको थियो । सरकारले सो अध्यादेशबाहेकमा सहमति गरेर निर्णयार्थ प्रस्तुत गर्न लागेको हो ।

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय