काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश राम्रो नियतले नल्याएको बताउनु भएको छ ।
महासचिव गुरुङले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरण र अन्य जग्गाको विषयमा प्रश्न उठिरहेको समयमा अलोकतान्त्रिक शैलीमा सरकारले अध्यादेश ल्याउनुमा सर्वत्र शंका उब्जिएको उल्लेख गर्नुभयो ।



साथै उहाँले सर्वोच्चको आदेशविपरीत राष्ट्रिय निकुञ्ज र वनसम्बन्धी कानून संशोधन गर्न खोजेको पनि दाबी गर्नुभयो ।



