काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी र काम गर्न कुनै किसिमको बाधा नभएको बताउनुभएको छ । भृकुटीमण्डपमा आज १७औँ संस्करणको नाडा अटो शोको उद्घाटनमा प्रधानमन्त्री ओली सरकारले लगानीमैत्री वातावरण बनाएको दाबी गर्नुभयो । वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ-नयाँ विकास, आविष्कार र प्रगति भइरहेको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा ओलीले जोड दिए । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै किसिमको साथ दिने विश्वास दिलाउनुभयो ।

उहाँले उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्दै गरेको, अन्तर्राष्ट्रिय विमानस्थल थपिएको र हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलाम खानीको उत्पादन र प्रयोगमा सरकारले काम गरिरहेको जानकारी दिनुभयो । प्रविधिको रूपान्तरण भइसकेको बताउँदै उहाँले यी सबैको ध्येय विकास र समृद्धि भएको र यसमा ढुक्क भएर अगाडि बढ्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शोमा विभिन्न कम्पनीका सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन् । यस वर्षको शोमा दीपलको उड्ने कार र अटोनोमस रोबोट मुख्य आकर्षणका रूपमा रहेका छन् । प्रदर्शनी ६ दिनसम्म चल्नेछ । नाडाका अनुसार शोमा १२५ भन्दा बढी प्रदर्शकहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय