इटालीको भेनिसमा बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । दर्जनौं मानिसहरू बोकेको बस भेनिसको उन्नत सडकमा दुर्घटना भएको हो । पर्यटक बोकेको बस सडकबाट १५ मिटर तल खसेको हो ।



दुर्घटनामा कम्तिमा १५जना घाइते भएका छन । प्रायः विदेशी पर्यटकहरू नजिकैको क्याम्प साइटमा फर्किरहेको बेला बस दुर्घटना भएको हो । मङ्गलबार राति भएको दुर्घटनामा ज्यान गुमाउनेमा चार युक्रेनी र एक जर्मन नागरिक, दुई बालबालिका रहेका छन ।



