काठमाडौं । भोटेकोशी गाउँपालिका–४ हिन्दीमा बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । अरनिको राजमार्गअन्तर्गत हिन्दीमा तातोपानीबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवा र रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय सहचालक राम प्रवेश महतो रहेको जनाएको छ ।

चालक तथा सहचालक मध्ये एक जनाको शव उद्दारको क्रममा नदीले बगाएपछि दुवै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय