काठमाडौं । आज विहानैदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । केही स्थानमा भने भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । भीषण वर्षाका कारण बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक प्रकोप हुनसक्ने भएकाले सजगता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, कोशी र सुदूरपश्चिम प्रदेशका केही भागमा हल्का र मधेश प्रदेशका एकदुई स्थानमा चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

महाशाखाले सोमबार विहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । महाशाखाले आज भीषण वर्षाको सम्भावना रहेकोले नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय