प्रधानमन्त्री केपी शर्मा ‌ओलीले भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने संकल्पका साथ अघि बढिरहेको दोहोर्‍याउनुभएको छ । आज नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले गलत भाष्य चिर्दै सरकार भ्रष्टाचार नियन्त्रणको दिशामा अघि बढेको बताउनुभएको हो । उहाँले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको बताउनुभयो । लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । आजका व्याप्त निराशा चिर्न नीतिगत सुधारका काम अघि बढाएको बताउनु भयो । मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको उहाँको दावी छ । कार्यक्रममा प्रधानमन्त्री ओलीबाट राष्ट्रिय फुटबल खेलाडी प्रिति राई र अभियन्ता रुक्साना कपालीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय