पूर्वमुख्य सचिव डा.बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिनु भएको छ । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका अर्यालले साेमबार राजीनामा दिनुभएको हो ।
कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले हिजो मात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर हुनु भएको थियो ।अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाउनु भएको थियो ।



मुद्दा जितेसँगै निलम्बन फुकुवा भएकाले अर्याल पुनः सरकारी जिम्मेवारीमा फर्किनु भएको थियो ।अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उहाँलाई सरुवा गरेको थियो ।
अहिले अर्याल र एकनारायण अर्याल दुवै जना नेपाल सरकारको विशिष्ट श्रेणीको मुख्यसचिव वा सरहको पदमा कायम छन् । यस्तो अवस्थामा असार १० गते मन्त्रिपरिषदको निर्णय अनुसार नै अर्याललाई योजना आयोगमा सिर्जित विशेष दरबन्दीका लागि रमाना दिएको थियो ।



