काठमाडौं । हाजिरी जवाफ एक बौद्धिक खेल प्रतियोगिता हो । यसलाई सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको रुपमा लिइन्छ । नेपालका विद्यालय, क्याम्पस तथा स्थानीय टोलहरूमा यो प्रतियोगिताको लोकप्रियता बढ्न थालेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा रहेको मंगलोदय बहुमुखी क्याम्पसले पनि आफ्नो बार्षिक अतिरिक्त क्रियाकलापअन्तरगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरुको बौद्धिक बिकासका लागि सामान्य ज्ञान र पाठ्यक्रमका विषयमा कक्षा ११ देखि बीबीएसका विद्यार्थीहरुबीच हाजिरी जवाफ प्रतियोगिता गराईएको थियो । प्रतियोगितामा चार समूहबाट १६ जना विद्यार्थीले भाग लिएका थिए । कक्षा १२ का अशोक खड्का नेतृत्वको टिमले प्रतियोगिता जितेको थियो ।

विद्यार्थीहरुको क्षमता बृद्धि होस् र आफ्नो क्षमतालाई अगाडी बढाउन सकुन भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख गोकुलप्रसाद सिग्देल बताउनु हुन्छ । मंगलोदय बहुमुखी क्याम्पस काठमाडौंको पश्चिम भेगकै पहिलो सामुदायिक क्याम्पस हो । स्थापनाकालमा प्रविणता प्रमाणपत्र तहमा मानविकी र व्यवस्थापन संकाय पढाइ सुरु गरेको क्याम्पसले अहिले कक्षा ११ र १२, बीए, बीबीएस हुँदै २०७८ सालदेखि मास्टर डिग्री (एमबीएस) सम्मको अध्यापन गराई रहेको छ । क्याम्पसले पढाइसँगसँगै समय समयमा अतिरिक्त क्रियाकलाप खेलकुद, साहित्यिक गोष्ठी, अन्तरक्रिया, आन्तरिक परीक्षा, शैक्षिक भ्रमणलगायतका गतिविधि पनि गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय