मंसिर कृष्ण अष्टमी, भैरवको जन्म भएको दिनका रूपमा मृत्युभय युक्त देवता महाभैरवको आज पूजाआजा गरिएको छ । भैरवाष्टमी समेत भनिने यस दिनमा काठमाडौँको वसन्तपुरस्थित कालभैरवको मन्दिरमा विशेष पूजाआजा गरिएको हो । राष्ट्रको रक्षाका लागि शिव भगवानले भैरवको उत्पति गरेको कथन रहेको छ ।

मंसिर कृष्णपक्षको सप्तमी तिथिको अन्त्य भएर अष्टमी लागेकै बखत त्रिनेत्रधारी महादेवका अंशका रूपमा भैरवको जन्म भएको पौराणिक कथन रहेको छ । भैरवको आश्रय लिएको खण्डमा मानिस निर्भय हुने बताइन्छ । नेपालमा मल्लकालमा काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन गर्दा काल भैरवको मुर्ति भेटेर काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा ल्याई प्रतिस्थापन गरेको विश्वास गरिन्छ । काल भैरव राखिएको त्यही ठाउँ भैरवस्थान भनेर चिनिन्छ । पौराणिक कालदेखि नै भैरवलाई मृत्युभन्दा कठोर र उग्र स्वभावका देवताका रूपमा पूजा गरिन्छ । शिवबाटै उत्पन्न भएको हुनाले भैरवलाई शिवपुत्र मानिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय