हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा.१५च १३३३ नम्बरको बोलेरो जीप विकट क्षेत्र भन्ने स्थानमा आईपुग्दा सडकबाट करिव ५० मिटर तल खसेर थियो ।

घाइते ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा राक्सिराङ गाउँपालिका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उहाँकी श्रीमती करिब ७० वर्षकी फुलमाया घलान गम्भीर घाइते हुनुभएको छ । यस्तै ३८ वर्षीय रुपबहादुर राउत, ४८ वर्षीय दिपक खड्का र ५० वर्षीय सूर्य अधिकारी घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय