काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटना भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् ।
ललितपुरबाट हेटौंडा जाँदै गरेको ग.३ च ९४७५ नम्बरको कार अनियन्त्रित भई बकैया–१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना भएको हो । कार सडकबाट करिब ४ देखि ५ सय मिटर तल खसेको थियो ।






