मकवानपुर । मकवानपुरमा दुईवटा ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ नयाँ बस्ती डिपाट गाउँमा आज बिहान पौने २ बजे ना ६ ख ६६६७ र ना ६ ख ६३१ नम्बरको ट्रक आपसमा ठोक्किएपछि आगलागी हुँदा दुई वटै ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।




मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवन राप्ति नगरपालिका–८ का अन्दाजी २८ वर्षीय रिहान रुम्बा, सोही ट्रकका सहचालक गोरखा गण्डकी गाउँपालिका–२ गोर्दीटारका अन्दाजी २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मनहरी–३ बस्ने अन्दाजी २० वर्षका अमृत प्रजा रहेका छन् । दुर्घटनामा घाइते अन्य दुई जनाको उपचार भइरहेको छ ।



