काठमाडौं । बागमती प्रदेश निर्वाचन आयोगले मकवानपुरका सञ्चारकर्मीहरूसँग प्रदेश र स्थानीय तहको निर्वाचन तयारी तथा निर्वाचन आचारसंहिताबारे छलफल आयोजना गरेको छ । प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले कार्यक्रममा सञ्चार प्रतिष्ठान र सम्बद्ध पत्रकार कर्मचारीको आचरण, कार्यपद्धति र नियमकानुनको बारेमा जानकारी दिनुका साथै पत्रकारलाई सहजीकरण गर्ने विषयमा जानकारी दिनुभएको थियो ।

उहाँले जिल्ला आचारसंहिता अनुगमन समितिको कर्तव्य, अधिकार र आगामी कार्यक्रमबारे पनि विस्तृत जानकारी प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई कडा बनाइने जानकारी दिनु भयो । उहाँले पत्रकारलाई सूचना संकलनमा सहजता मिल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

छलफलमा सञ्चारकर्मीहरूले निर्वाचनको तयारी, आचारसंहिता पालन र सूचना संकलनमा आउने चुनौतीबारे प्रश्न उठाएका थिए । अधिकारीहरूले आवश्यक निर्देशन र सहजीकरणका उपाय प्रस्तुत गर्दै निर्वाचनलाई सुरक्षित, पारदर्शी र सफल बनाउने योजना विवरण गरे।यस छलफलले पत्रकार र निर्वाचन अधिकारीबीच समन्वय बढाउने र निर्वाचन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्ने उद्देश्य राखेको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय