मकवानपुर — आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर–१ क्षेत्रमा कुल २३ उम्मेदवार मैदानमा छन्। यसमध्ये १३ जना दलीय र १० जना स्वतन्त्र उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराइसकेका छन्। यस क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र ८८राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)८८का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
एमालेबाट रामेश्वर राना, कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, राप्रपाबाट दीपकबहादुर सिंह, नेकपाबाट विजय गौतम र रास्वपाबाट प्रकाश गौतम मैदानमा छन्। उम्मेदवारमध्ये डिना र सिंहको यो पाँचौं निर्वाचन प्रतिस्पर्धा हो। डिनाले सबै प्रतिनिधिसभा निर्वाचनमा भाग लिएकी छिन्, भने सिंहले दुईपटक (२०५४ र २०७९) हेटौंडा उपमहानगरको मेयरमा चुनाव लडेका थिए। डिनाले अघिल्ला सबै निर्वाचन हार्दै आएकी छिन् भने सिंहले २०७९ मा विजय हासिल गरेका थिए।



त्यस्तै, एमालेका राना तथा नेकपा र रास्वपाका गौतमहरू प्रतिनिधिसभामा जनताबाट प्रत्यक्ष अनुमोदनका लागि पहिलो पटक मैदानमा छन्। राना उमेरमा वरिष्ठ छन् भने गौतमद्वय युवा समूहका उम्मेदवार हुन्। यसरी यस निर्वाचनमा नयाँ अनुहार र अनुभवी उम्मेदवारको रोचक प्रतिस्पर्धा हुने देखिएको छ। चुनावी अभियान अन्तर्गत उम्मेदवारहरू आफ्नो एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन्। तर मकवानपुर–१ क्षेत्रको भौगोलिक अवस्थाले मतदातासँगको पहुँचमा चुनौती दिएको छ।
यस क्षेत्रका ४० वटा वडामा कुल १,५८,४३५ मतदाता छन्, जसमा ७८,८१० महिला र ७९,६२१ पुरुष रहेका छन्। २०७४ को निर्वाचनमा मात्र १,२४,७९९ मतदाता थिए। शहरी क्षेत्रमा धेरै मतदाता रहेको हेटौंडा उपमहानगरका १५ वटा वडामा मत परिवर्तनको सम्भावना बढी रहेको विगतको निर्वाचनले देखाएको छ।
२०७९ मा हेटौंडा उपमहानगरको मतले सिंहले डिनालाई २,३८२ मतान्तरले पराजित गरेका थिए। सिंहले २७,८१६ मत पाउँदा डिनाले २५,४३४ मतमा चित्त बुझाइन्। त्यस्तै, एमालेबाट कमल थापाले २५,४२० मत प्राप्त गरेका थिए। यस क्षेत्रको राजनीतिक इतिहासमा पहिलो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार प्रेमबहादुर पुलामी र प्रल्हाद लामिछाने विजयी भएका थिए। त्यसयता माओवादीले प्रतिनिधिसभा जित्न सकेको छैन। २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धनको परिणाम स्वरूप बागमती गाउँपालिका अध्यक्ष, मकवानपुरगढी र बकैया गाउँपालिका उपाध्यक्ष माओवादीले जितेका थिए।
एमालेका मकवानपुर उपाध्यक्ष हिदम लामाले बताएअनुसार पार्टीको मजबुत संगठन र उम्मेदवारको अनुभवका कारण एमाले यस निर्वाचनमा जित सुनिश्चित भएकोमा विश्वस्त छ। कांग्रेसका सचिव भीमसेन महतले भने, पार्टी आन्तरिक रूपमा एकताबद्ध भएकाले आगामी निर्वाचनमा कांग्रेसको मत सुधार हुने दाबी गरेका छन्। माओवादीका नेता प्रल्हाद लामिछानेले युवा उम्मेदवार भएकाले जनताबाट पर्याप्त मत प्राप्त हुने आशा राखेका छन् भने रास्वपाका संदीप सापकोटा सिंहले दोस्रो पटक पनि चुनाव जित्ने दाबी गरेका छन्।



