काठमाडौं । सरकारले मतदातासम्बन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको छ । घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा दशैंँअघि दुई दिन र सोमबार पहिलो दिन गरी १ सय ३३ जना नयाँ मतादाता थपिएको कार्यालयले जनाएको छ । १ सय ६३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन अग्रिम फारम भरेको र बायोमेट्रिक बाँकी रहेको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।

मतदाता नामवली दर्तालाई पालिकास्तरमा बढाउन सके अझ जिल्लामा उल्लेख्य मात्रामा नयाँ मतदाता थपिने कुँवर बताउनु हुन्छ ।

पालिकास्तरमा मतदाता नामावली दर्ता संकलनको माग गरेका कारण २०७९ को दाङमा निर्वाचनमा ५४ हजार नयाँ मतदाता थपिएका थिए । गत २०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट एक लाख ३४ हजार सात सय ३३ क्षेत्र नम्बर २ बाट एक लाख ३३ हजार सात सय ४८ र क्षेत्र नम्बर ३ बाट एक लाख ४६ हजार चार सय ७५ गरी कूल चार लाख १४ हजार ९ सय ५६ मतदाता रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय