काठमाडौं । २०७९ सालको मदन पुरस्कार ऐँठनका लेखक विवेक ओझालाई प्रदान गरिएको छ ।

ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु समेटिएको छ । ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए । जगदम्बा श्री पुरस्कार भने टेकवीर मुखियालाई प्रदान गरिएको छ ।टेकवीर मुखियाले नेपाली वाङ्गमय क्षेत्रमा महत्वपुर्ण योगदान दिएका छन् । गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतबाट सम्मानित मुखियाले संघीय संसदको लोगोको डिजाइन समेत गरेका थिए । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारको राशि चार–चार लाख रुपैयाँ छ ।

ललितपुरमा एक कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कार प्रदान गर्नुभएको हो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय