राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मधेश केन्द्रित दलले घोषणा गरेको आन्दोलन जनता झुक्याउन मात्र भएको बताउनु भएको छ ।मेची महाकाली पदयात्राबारे महोत्तरीको जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले आफ्नो अभियान मधेश र देश जोड्न भएको बताउदै मधेशी दलले समेत सोहि समय गरेको आन्दोलन घोषणा जनता झुक्याउन मात्र भएको आरोप लगाउनु भएको हो । उहाँले सत्ता हुँदा मधेशीलाई नचिनेको र मधेशको लागि केहि गर्न नसकेको तर सत्ता हातबाट जानासाथ मधेशीको याद आएको भन्दै मधेशकेन्द्रित दलप्रति कटाक्ष गर्नुभयो ।
रास्वपा सांसद भएर रास्वपाकै सरकारको किन आलोचना गरिरहेको भन्ने प्रश्नको जवाफ दिँदै उहाँले आफू सरकारको विरोधमा नभई जनताको पक्षमा भएको तर्क गर्नुभयो ।






