मधेश प्रदेशमा अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराइरहेको पाइएको छ । जनकपुरधाममा आज आयोजित अन्र्तक्रियामा मधेशमा सबभन्दा बढी भ्रुणको लिँग पहिचान गरी गर्भपतन गराउनेको संख्या बढी रहेको बताइएको हो । अन्र्तक्रियामा कृपा संस्थाका डा. महेश पुरीले १२ हप्तामाथिका ४० प्रतिशत गर्भवतीले सेवा नपाउने गरेको र १० प्रतिशतले सेवा लिन गएपनि नपाएर फर्किने गरेको तथ्यांक सार्वजनिक गरेका हुन ।

कार्यक्रममा मधेस स्वास्थ्य निर्देशनालयका श्रवण नायक, डा. उद्धब पुरीले सुरक्षित गर्भपतनबारे मधेसमा सचेतनाको आवश्यकता औल्याए । सरकारी तथ्यांक अनुसार ४२ प्रतिशत महिला मात्रै सुरक्षित गर्भपतन गराइरहेका छन भने ५८ प्रतिशतले सरकारले मान्यता नदिएका ठाउँमा असुरक्षित गर्भपतन गराउने गरेका छन ।

 

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय