जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादवले निरन्तरता पाएका छन् । लोसपा नेपाल र जसपा नेपालबीच हालै भएको एकीकरणपछि दलको नेता चयनका लागि छलफल चले पनि अन्ततः यादवलाई नै सर्वसम्मत रूपमा निरन्तरता दिइएको हो ।
एकीकरणपछि मधेश प्रदेशमा जसपा नेपाल २६ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ, यद्यपि दुई जना सांसद हाल निलम्बनमा छन् । यसअघि पहिलो दल रहेको नेकपा एमाले २४ सिटसहित दोस्रो स्थानमा पुगेको छ भने नेपाली कांग्रेस २२ सिटसहित तेस्रो दल बनेको छ ।



त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी १५ सिटसहित चौथो, जनमत पार्टी १२ सिटसहित पाँचौं दल बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक–एक जना प्रदेश सभा सदस्य रहेका छन् ।



