भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्यूडको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ केन्द्रविन्दु भएर ३.९ को भूकम्प गएको थियो ।






