काठमाडौं । मंगलबार विहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर बेपत्ता भएकोे हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।



लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका–५ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो । हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए ति मध्ये ५ वटा शव भेटिएको छ , उनीहरुको पहिचान भएको छैन । मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।



