काठमाडौं । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले सार्वजनिक प्रशासनमा देखिएको प्रक्रियागत जटिलतालाई प्रबिधिमार्फत समयसापेक्ष सरल बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।



उद्योग वाणिज्य तथा उपभोक्तता हित संरक्षण निर्देशनालयले आयोजना गरेको कार्यक्रममा कर्मचारीहरुलाई उद्यमशीलता तथा व्यवासायिक योजना निर्माण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीमा मन्त्री श्रेष्ठले मन्त्रालय मातहतका कार्यालय प्रबिधिमैत्रि हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले उद्योग तथा उद्यम देशको आर्थिक बिकासको मेरुदण्ड भएको भन्दै उद्यमीहरुको मनोबल उच्च राख्न राज्य तयार हुनुपर्ने, आधुनिक प्रबिधिमा जोड दिंदै जानुपर्ने, पेशामा व्यवसायिकता बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बिज्ञ प्रशिक्षक होमनाथ भट्टराईले बजार अनुगमन तथा व्यवस्थापनका पक्षहरुबारे सहजीकरण गर्नुभएको थियो । आन्तरिक राजश्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत सहभागिता रहने छ ।



