मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–५ तिङ्ग्राङखानीमा आज दिउँसो करिब सवा १२ बजे दुईवटा बस एक–अर्कामा ठोक्किँदा धेरै यात्रु घाइते भएका छन्। जोगिमारा प्रहरीले घाइतेको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएको जनाएको छ।

दुर्घटनापछि केही यात्रु बसभित्रै फसेका थिए, जसलाई झ्यालका सिसा फुटाएर उद्धार गरिएको हो। अधिकांश घाइतेको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

दुर्घटनाको कारणबारे विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय