काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेर महसुल नतिर्ने उद्योगीलाई पुनरावेदनका लागि नेपाल विद्युत प्राधिकरणले पुनः सूचना जारी गरेको छ । प्राधिकरणले प्रशासकीय पुनरावेदन गर्न उद्योगहरूलाई जेठ मसान्तसम्मको समय दिएको छ ।
सञ्चालक समितिको मिति वैशाख २१ को निर्णयअनुसार म्याद गरिएको प्राधिकारणले सूचना जनाएको छ । प्राधिकरणले वैशाख २६ गते पनि सूचना जारी थियो । प्राधिकरणले विगतदेखि नै उद्योगहरूलाई प्रशासकीय पुनरावेदनमा बोलाउँदै आएको छ । तर उद्योगीहरु प्रशासकीय पुनरावेदन जान तयार अझै भएका छैनन् ।




प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गर्ने ग्राहकहरूलाई २०७५ वैशाखदेखि २०७८ असार मसान्तसम्मको विद्युत महसुलको बक्यौतामा छुट दिने पनि जनाएको छ ।



