आइतबार महेन्द्रनगरमा भएको सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महाकाली पुल, दोधाराचाँदनीमा सुक्का बन्दरगाह, पञ्चेश्वर योजना, महाकाली कोरिडोर, हुलाकी राजमार्ग, दैजछेला औद्योगिक क्षेत्र लगायतका योजना अघि बढाउन सरकारले योजना ल्याएको बताए ।सुदूरपश्चिम विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले देशको जिम्मेबारी भविष्यमा विद्यार्थीकै काँधमा आउने भएकाले आफुले सिकेको शिक्षालाई व्यवहारिक जिवनमा प्रयोग गर्न समेत आग्रह गरेका छन ।



सुदूरपश्चिममा थुप्रै सम्भावना भएकाले उक्त सम्भावित क्षेत्र पहिचान गरेर सरकारले योजना अघि बढाएको बताए । दार्चुला सदरमुकामदेखि उत्तरीतर्फका नागरिकलाई आफ्नै घरदेखि देश जानका लागि भारतीय सडक प्रंयोग गर्नुपर्ने बाध्यता आएको भन्दै उनले नेपालबाटै सडक निर्माणका लागि ५ करोड बजेट समेत विनियोजन गरिएको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भारत उत्तराखण्ड अल्मोडाका सोबन सिह जीना विश्वविद्यालयका कुलपति प्राडा सत्पाल सिह विष्टले नेपालको सुदूरपश्चिममा प्रसस्तै प्राकृतिक सुन्दर रमणीय ठाँउ भएकाले त्यसको सदुरुपयोगमा जोडदिएका छन ।यस्तै स्वर्ण पदक पाउनेमा कैलाली बहुमुखी क्याम्पसका उमेश कुमार विष्ट, कैलाली बहुमुखी क्याम्पसकै गंगादत्त जोशी, दार्चुला बहुमुखी क्याम्पसकी चाँदनी कुावर, केन्द्रीय क्याम्पसका नवराज पन्त, दिपेन्द्र प्रशाद पाण्डेय, देवेन्द्र सिह ठगुन्ना, श्रव्यराज पण्डित रहेका छन । पदमराज भट्टले प्रधानमन्त्री एव कुलपति केपी शर्मा ओलीबाटे चान्सलर पदक पुरस्कार पाएका छन् । ०७९ शैक्षिक बर्षमा भट्टले शिक्षाशास्त्र अन्र्तरगत केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तहमा ३.४० सिजिपिए ल्याएर प्रथम भएका हुन । यस पटक १ हजार ३७७ विद्यार्थी दीक्षित भएपनि ३ सय ७१ मात्रै सहभागि भएका थिए । विश्वविद्यालय १४ औँ बर्षमा प्रवेस गर्दा ९ संकायको अध्ययनरत भईरहेको छ ।



