महोत्तरी- महोत्तरीको बिजलपुरास्थित पञ्चधुरा खानेपानी आयोजनाको ट्रान्सफर्मर निकालेर फालिएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ। विद्युत् अवरुद्ध हुँदा खानेपानी वितरणसमेत प्रभावित बनेको छ भने करिब दुई सय घरधुरीका स्थानीय खानेपानीको अभावमा परेका छन्।

स्थानीयका अनुसार खानेपानी आयोजना सञ्चालनका लागि जडान गरिएको ट्रान्सफर्मरमा क्षति पुगेपछि मोटर चल्न सकेको छैन। यसले गर्दा घर–घरमा पुग्ने खानेपानी आपूर्ति रोकिएको हो। दैनिक उपभोगका लागि आवश्यक पानी नपाउँदा स्थानीयले टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता भएको बताएका छन्।

पञ्चधुरा खानेपानी आयोजना स्थानीयका लागि महत्वपूर्ण खानेपानीको स्रोत हो। विद्युत् आपूर्ति नियमित नभएसम्म आयोजना सञ्चालन गर्न नसकिने भएकाले तत्काल ट्रान्सफर्मर मर्मत वा नयाँ व्यवस्था गर्न स्थानीयले माग गरेका छन्।

ट्रान्सफर्मर निकालेर फाल्ने कार्यमा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्नसमेत स्थानीयले सम्बन्धित निकायसँग आग्रह गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।समस्या समाधानका लागि खानेपानी आयोजना र स्थानीय तहले पहल गरिरहेको भए पनि ट्रान्सफर्मर पुनः सञ्चालनमा नआएसम्म दुई सयभन्दा बढी घरपरिवार खानेपानी समस्याबाट प्रभावित हुने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय