पछिल्लो समय तराई मधेशका जिल्लाहरुमा वर्षा नभई सुख्खा हुदा सिंचाई देखि पिउन समेत पानीको अभाव छ । सर्वसाधारणले खेतमा पानी अभावमा धान बाली लगाउन सकेका छैनन भने माछा पोखरीहरु सुकेर माछा पालक कृषकहरुले लाखौको घाटा व्यहोर्नु परेको छ । यता खानेपानीकै लागि विभिन्न पालिकाहरुले दैनिक उपलब्ध पानीको ट्यांकीहरु वस्तीहरुमा पठाउदै आएकोमा सोहि पानीले स्थानियहरु तिर्खा मेटेर ज्यान जोगाउदै छन । यता जिल्लामा रहेका नेपाल सरकारका विभिन्न तह तथा कार्यालयसंगै विभिन्न एनजिओ र आईएनजिओबाट जिल्लामा निर्माण भएका ओभरहेड ट्यांकीहरु बाट आम सर्वसाधारणले अपेक्षाकृत राहत पाउन सकेका छैनन ।



धनुषा र महोत्तरी गरि दुई जिल्ला हेर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय जलेश्वर डिभिजन नं. २ मातहत मै खानेपानीका महोत्तरीमै ४१ योजनाहरु छन । सो वाहेक पनि केहि योजना सम्पन्न भएर कार्यालयको सुचिबाट समेत हटिसकेको छ तर संचालित योजनाहरु मध्ये अधिकांश संचालनमा छैनन । ति ठडिएका ठुला ठुला पानीको ट्यांकीले एक थोपा पानी पनि सर्वसाधारणलाई उपलब्ध गराउन सकेको छैन । पानीकै लागि हाहाकारको अवस्था हुदा सर्वसाधारणहरु ओभरहेड ट्यांकी संचालनको मांग गर्दै आएका छन ।
यता सरकारको कमजोर कार्य संचालन प्रणालीले वर्षौ देखि अधुरो अवस्थामै अधिकांश योजनाहरु हुदा सोको उपभोग सर्वसाधारणले गर्न नपाएका हुन । केहि योजनामा जग्गा उपलब्ध हुन सकेको छैन भने केहि योजना आंशिक रुपमा संचालनमा छ । केहि भने पाईप ओछ्याउन बाकि,मिटर जडान गर्न बाकि,बोरिंग संचालन गर्न बाकि,केहिमा बोरिंग सम्पन्न भई ट्यांकी निर्माण लगायतका कार्य बाकि र केहि भने गार्ड घर बाहेक सवै निर्माण कार्य बाकि लगायतको अवस्थामा रहेको छ ।
उनले सरकारको ठुला योजनाहरुमा वढी लागत लाग्ने भएपनि सरकारले योजना अनुसार रकम नपठाई प्रत्येक वर्ष थोरै थोरै बजेट दिदा एउटै योजना लामो समयसम्म अल्झने गरेको बताए ।यता महोत्तरीमै आठ भन्दा वढी खानेपानीको ट्यांक निर्माण सम्पन्न गरिसकेको रतौली युवा क्लवका प्रबन्ध निर्देशक वैद्यनाथ चौधरीले महोत्तरीकै माथिल्लो क्षेत्रमा निर्माण भएका प्राय सवै योजना संचालनमा रहेपनि तल्लो क्षेत्रमा भने संचालनमा विविध समस्या रहेको बताए । उनले दुई तिन वर्ष पहिलेसम्म सहज रुपमै जमिन मुनिकै पानी चापाकल तथा मोटरहरुमा उपलब्ध हुने गरेकोमा जनताले तत्कालिन अवस्थामा ओभरहेड ट्यांकबाट धाराको कनेक्सन लिन चासो नलिएको, विभिन्न सडक निर्माणको क्रममा पाईपहरु तोडफोड भएको लगायतका विविध समस्याहरु रहेको बताउछन । उनले योजना संचालन गरेर छोडिएको ट्यांकहरु उपभोक्ता कै चासो र सरकारकै निकायहरुको त्यसको अभिभावकत्व नलिदा संचालनमै आएको ओभरहेड ट्यांकहरु समेत अहिले बन्द रहेको बताउछन ।
यता जनताको प्यास मेट्न र खेतहरु सिंचित गर्न स्थानिय तहहरु समेत प्रयासरत देखिएका छन । केहि स्थानिय तहले खानेपानी ट्यांक नै टोल टोलमा पठाएर तत्काल समस्या समाधानको प्रयास गरिरहेको छ । महोत्तरीमा स्थानिय तह,प्रदेश सरकार र संघ सरकारका विभिन्न कार्यालयसंगै राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुको सहयोगमा निर्माण भई हाल संचालन हुन नसकेको योजनाहरुमा सरकारले नै जिम्मेवारी लिई थोरै लागत लगाई पुनः संचालनको प्रयास गर्न सकिने भएपनि सोको सम्भाव्यता वारे समेत चर्चा थालिनु पर्ने अवस्था छ ।



