महोत्तरीमा प्रहरी र डकैत विच मंगलरवार राती दोहरो भिडन्त भएको छ । महोत्तरी प्रहरीको सर्वाधिक खोजीको सुचिमा रहेका तथा विभिन्न चोरी,डकैती लगायत अपराधिक घटनामा सँलग्न रहेको आरोपमा सर्लाही लालबन्दी नगरपालिका २ का शक्ती पासवान र अजय पासवानलाई रौतहटको गरुडा नगरपालिका ४ पानी ट्याङकीबाट पक्राउ गरेर महोत्तरी ल्याउँने क्रममा उनिहरु गाडीबाट हाम फालेर भाग्न थालेपछि जिल्लाको सोनमा गाउँपालिका ५ मा दोहरो भिडन्त भएको हो ।



उनिहरुलाई पक्राउ गर्नका लागी १० राउन्ड गोली प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक प्रकाश मल्लले बताए ।पक्राउ परेकाहरुको साथबाट १ थान कटुवा पेस्तोल र ४ राउन्ड गोली बरामद समेत भएको छ । पक्राउ परेका शक्ती कुमार पासबानलाई २ राउन्ड र रितेश पासबानलाई बाया खुट्टाको तिघ्रामा १ राउन्ड गोली लागी घाइते भएकाले प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भईरहेका र उनीहरुको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
दोहरो भिडन्तमा परेर सहायक प्रहरी हबल्दार सँजय जयसबाल र प्रहरी जबान श्याम गिरी घाईते भएका छन ।
घाइतेहरुको उपचार अहिले प्रहरीको बिशेष रेखदेखमा प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । पक्राउ परेका दुबै जना दर्जनौ चोरी डकैती लगायत अपराधिक क्रियाकलापमा सँल्गन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । केही दिन अघि जिल्लाको जलेश्वर नगरपालिका वाडा नँ ८ मा भुवनेश्वर चौधरीको घरमा हथियार नकाबधारी ५ जनाको समुहले कुटपिट गर्दे घरका सबै सदस्यहरुलाई बन्धक बनाएर करिब ६० लाख भन्दा बढीको गरगहना लगायत समानहरु लुटेर डकैतहरु फरार भएका थिए ।



