काठमाडौं । सिरानचोक गाउँपालिका–४ चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् । भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा.४ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले दुर्घटनामा परी ८ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएको जनाएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको श्रेष्ठले बताउनुभयो ।



घाइते अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएको खुल्न आएको छ । माइक्रोबसमा १९ यात्रु सवार थिए ।



