लाइफलाइनका रूपमा रहेको मेची राजमार्ग अन्तर्गत इलामको माइखोला–भञ्ज्याङ्ग सडक खण्ड बन्दभएको एकहप्ताबित्यो । गतअसोज १८ गते शनिबार रातिको भीषण वर्षापछि आएको ठूलो पहिरोले माईखोला–भञ्ज्याङ सडक खण्डका करिब एक किलोमिटरभन्दा बढी भागक्षतिग्रस्त बनाएपछि उक्त सडक खण्ड पूर्ण रुपमा ठप्प छ । तीनदिनदेखि बन्द रहेको माइखोला–भञ्ज्याङ्ग सडक खण्डलाई अस्थायी रूपमाभएपनि सञ्चालनमाल्याउने प्रयास जारी छ । तर माथिबाट लेदो र ढुंगासहितको पहिरो निरन्तर खसिरहेकोले काममा कठिनाइ थपिएको छ । लगातार कामभइरहेको छ । मौसमले साथदिएमादुई दिनभित्र अस्थायी रूपमा सडक सञ्चालनमाल्याउन सकिने अनुमान सडक डिभिजन कार्यालय इलामको छ ।



बिहीबार रातिकरिब ११ बजेसम्म सडक खुलाउने प्रयास गरिएको थियो । सडक खुलाउन तीनवटै सुरक्षानिकाय, सडक विभागकाकर्मचारी, निर्माण व्यवसायी संघ र इलामबासी स्वयंसेवकहरू श्रमदानमा जुटेका छन् । सडककातलपट्टि ठूलो पानीबगिरहेकाले सडक दबिने क्रमभने जारी छ । अस्थायी रूपमा ढुंगा, रोडा र बालुवा राखी सडक सञ्चालनमाल्याउने प्रयास भइरहेको सडक डिभिजनले जनाएको छ ।
सडक बन्दहुँदा दैनिकउपभोग्य वस्तु इलामआउन सकेको छैन । पेट्रोल, ग्याँस, तरकारी सबैमा असर परेको छ । खाद्यान्न, इन्धन र अत्यावश्यक वस्तुहरूको आपूर्ति संकट बढ्न थालेको छ । खानेतेलको संकट सुरु भइसकेको छ । खाद्यान्नले अब एक÷दुईदिन थेग्न सक्ने अवस्था रहेको, तर अब तीनदिनभित्रमापनि सडक नखुले खाद्यान्नपनिइलाममा संकट हुने अवस्थाआएको छ । त्यस्तै इन्धनको पनि चरम संकट उत्पन्नभएको छ । जतिसक्दो चाँडो सडक खुलाउनब्यबसायिहरुले माग गरेका छन् ।
यतायात्रुहरूको सहजताका लागि इलामनगरपालिकाले माईखोला–इलामबजारबीचनिःशुल्क सवारी सेवा सञ्चालनगरिरहेको छ । अहिले यात्रुलाई एक सवारीले माईखोलामाथिपहिरो नझरेको स्थानसम्म पु¥याउँदै आएको छ । त्यहाँबाट यात्रुहरु करिब एक किलोमिटर पैदल हिँडेर माइखोलाबाट अर्को गाडीमा यात्रागर्न बाध्यभइरहेका छन् । यता, अन्यक्षतिग्रस्त सडकहरूमध्ये पुवाखोला–नेपालटार सडक खण्ड असोज २२ गतेदेखि एकतर्फी रूपमा सञ्चालनमाआएको छ । हाल इलामबाट पाँचथर र ताप्लेजुङसम्म सवारी सञ्चालन सहजभएपनिइलाम–झापा खण्डमा आवागमन पूर्ण रूपमा ठप्प छ । लगातार पहिरो र प्रतिकूलमौसमबीचइलामवासीले छिटो सडक खुल्ने आशा गरेका छन् । तर जबसम्म मेची राजमार्ग खुल्दैन, पूर्वको जनजीवन सामान्यबन्न कठिन देखिएको छ ।



