काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेन र चौडा फुटपाथ निर्माणको काम सुरु गरेको छ।

यसअघि सडकमै हरियो रेखा कोरी छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक ठहरिएको थियो। महानगरले अब स्थायी संरचना सहित अलग साइकल लेन बनाएको छ। यसले साइकल प्रयोगकर्ता र पैदलयात्रीको सुरक्षा सुधार्ने अपेक्षा गरिएको छ। नयाँ सडक निर्माणमा चौडा फुटपाथसहित साइकल लेन हुँदा यातायातको व्यवस्थित प्रवाह पनि सहज हुने महानगरपालिकाले जनाएको छ। परियोजना पूरा भएपछि नागरिकले सुरक्षित र सहज तरिकाले पैदल तथा साइकलमार्ग प्रयोग गर्न सक्नेछन्।

महानगरका अधिकारीहरूले भने, “साइकल र पैदलमार्ग निर्माणले सडक प्रयोगकर्ता जोखिम कम गर्ने मात्र नभई वातावरण मैत्री यातायात प्रवर्द्धन गर्नेछ।” साइकल र पैदलयात्रीको सुरक्षालाई ध्यानमा राखेर निर्माण भइरहेको यो सडक परियोजना आगामी केही महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय