काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जेनजीलाई पार्टीका हरेक तहमा समेट्ने प्रस्ताव राख्नुभएको छ ।
पेरिसडाँडामा भएको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले जेनजी र युवालाई पार्टीमा समेट्नै पर्ने बताउनु भयो ।



दाहालले पार्टीलाई जरैदेखि पुनर्गठन गर्ने समय आएको बताउनु भयो । उहाँले वडा, पालिका, जिल्ला र प्रदेशको अधिवेशनमा युवा र जेनजीलाई कोटा निर्धारण गर्नुको विकल्प नभएको भन्दै एक साताभित्र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउने उल्लेख गर्नुभयो ।
बैठकमा दाहालले माओवादीको मुख्य एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारीको विषय अहिले जेनजीले उठाएको उल्लेख गर्नुभयो ।



